१५ हजार ४३८ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार १६७ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमित थपिएको जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६ सय ५ पुगेको छ ।
यसैगरी शनिबार १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय २७ पुगेको छ । नयाँ संक्रमितमध्ये १ हजार ७ सय ४६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ४ सय ५१ जना, ललितपुरका १ सय ५२ र भक्तपुरका १ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ हजार ८ सय जना डिस्चार्ज भएसँगै ८९ हजार ८ सय ४० जनाले कोरोना जितेका छन् । देशभर अहिले ३८ हजार ७३७ संक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १३ हजार २ सय ९९ जनाको देशका विभिन्न अस्पतालमा र बाँकी २५ हजार ४ सय ३८ जनाको होम आइसोलेसनमा रहेका छन् । आईसीयूमा २ सय ९० जना र भेन्टिलेटरमा ६६ जना संक्रमितहरु उपचाररत छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्