प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मन्त्री पोखरेलले भने, ‘संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा आगामी असोज ६ देखि १० गतेसम्म सहभागी हुन,’ उनले थपे, ‘प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको छ।’
यसैगरी, सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल९भारत अन्तर९सरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटरब्याजबाट पीडित नागरिकलाई न्याय दिलाउन आवश्यक कानुन निर्माणको बाटो खुला गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- २शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ३मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद
- ४खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै होः राधिका शाक्य
- ५देशभर ग्यासको हाहाकार, उद्योगमन्त्री नै अलमलमा, ब्यवसायीको लुट



तपाईको कमेन्ट लेख्नुहोस्