Techie IT
  • २५ भदौ २०८३, बिहीबार
KhojPatrika

शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा


काठमाडौं । देशको प्रमुख सरकारी मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विगत पाँच महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिँदा मुटुरोगीहरू प्रभावित बनेका छन् ।

वैशाख यता सिटी स्क्यान सेवा प्रभावित भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीहरू महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्था जान वा लामो समयसम्म पालो कुर्न बाध्य भएका हुन् ।

मुटुको रक्तधमनीमा ब्लकेज छरछैन भनेर पत्ता लगाउन गरिने अत्यन्त संवेदनशील प्रविधि ‘सिटी कोरोनरी एन्जियोग्राफी’ रोकिएपछि दैनिक रूपमा आउने आकस्मिक तथा नियमित बिरामीको उपचार प्रभावित बनेको छ ।

केन्द्रमा दैनिक ४० जनासम्म बिरामीको सिटी स्क्यान हुँदै आएको थियो, तर अहिले यो सेवा बन्द भएपछि बिरामीहरू निकै मर्कामा परेका छन् । यो सेवा रोकिएपछि सरकारी दररेट १० हजार रुपैयाँमा पाइने सुलभ सेवा लिन महँगो शुल्क तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

सिटी कोरोनरी एन्जियोग्राफी सेवाको शुल्क १० हजार रुपैयाँ तोकिएको छ । तर, निजी अस्पतालहरूले मुटुको सिटी स्क्यान गर्न २० हजार रुपैयाँसम्म लिने गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं