शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
काठमाडौं । देशको प्रमुख सरकारी मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विगत पाँच महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिँदा मुटुरोगीहरू प्रभावित बनेका छन् ।
वैशाख यता सिटी स्क्यान सेवा प्रभावित भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीहरू महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्था जान वा लामो समयसम्म पालो कुर्न बाध्य भएका हुन् ।
मुटुको रक्तधमनीमा ब्लकेज छरछैन भनेर पत्ता लगाउन गरिने अत्यन्त संवेदनशील प्रविधि ‘सिटी कोरोनरी एन्जियोग्राफी’ रोकिएपछि दैनिक रूपमा आउने आकस्मिक तथा नियमित बिरामीको उपचार प्रभावित बनेको छ ।
केन्द्रमा दैनिक ४० जनासम्म बिरामीको सिटी स्क्यान हुँदै आएको थियो, तर अहिले यो सेवा बन्द भएपछि बिरामीहरू निकै मर्कामा परेका छन् । यो सेवा रोकिएपछि सरकारी दररेट १० हजार रुपैयाँमा पाइने सुलभ सेवा लिन महँगो शुल्क तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
सिटी कोरोनरी एन्जियोग्राफी सेवाको शुल्क १० हजार रुपैयाँ तोकिएको छ । तर, निजी अस्पतालहरूले मुटुको सिटी स्क्यान गर्न २० हजार रुपैयाँसम्म लिने गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्