Techie IT
  • २४ भदौ २०८३, बुधबार
KhojPatrika

सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन् ।

११३ औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका हुन ।

उनले भ्रममा परेका नेता तथा कार्यकर्तालाई यथार्थ बुझाएर एकजुट बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरे । आफु काठमाडौँ आउँदा नागरिक तथा इमानदार कार्यकर्ताबाट प्राप्त अपार माया र समर्थन कुनै व्यक्तिविशेषको नभई समग्र पार्टीको शक्ति भएको उनले बताए ।

उनले विशेष महाधिवेशनमा प्रतिनिधिको विधिवत पहिचान र आवश्यक सनाखत नभएको तथा खल्तीबाट नाम राखेर अवैध रूपमा महाधिवेशन गरिएको आरोप लगाए ।

त्यस्तै अन्य संस्थापनइतर समूहका नेताहरुले आफुहरुले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारीक रुपमा आफुहरुले नै महाधिवेशन गर्ने जनाएका छन् । त्यस्तै कांग्रेस नेता शशांक कोइरालाले देउवा नेतृत्वमा हुने महाधिवेशनलाई एकताबद्ध बनाएर सफल बनाउनुपर्ने बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं