Techie IT
  • ११ असोज २०८३, आईतबार
KhojPatrika

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाएको छैन।

न्यायालय नेतृत्वमा छँदा मन्त्रिपरिषद्‍मा भागबन्डा खोजेको लगायतका गम्भीर आरोप लागेपछि उनी व्यापक विवादमा परेका थिए । सोही प्रकरणलाई लिएर कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समय आन्दोलन नै चलाएका थिए ।

२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

महाभियोग प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन् । उनी निलम्बित अवस्थामै उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं