सरकारले बर्षात अघि बारा र पर्सामा घर बनाइदिने

काठमाडौं २२ चैत । हावाहुरी तथा भुमरीले क्षति पुर्याएको बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्षातअघि नै घर बनाइसक्ने निर्णय गरेको हो । घर निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।निर्माण कार्यको समन्वय र सहजीकरण गर्न प्रदेशका प्रमुख सचिवलाई तोकिएको छ । त्यसका लागि सहरी विकास र रक्षामन्त्रालयका प्रतिनिधि तथा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी रहने समिति बनाइएको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
क्याटेगोरी : देश/दुनियाँ, पत्रपत्रिका
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्