पाकिस्तानमा ८ वर्षीय बालिकाको बलात्कारपछि हत्या
लाहोर । पाकिस्तानको लाहोरको राईविन्ड क्षेत्रमा बलात्कृत भएको ८ वर्षीय बालिकाको केही दिनसम्म जीवन–मरणको संघर्षपछि अस्पतालमा मृत्यु भएको छ ।
अपराध लुकाउन बलात्कारीले बालिकालाई छतबाट फालेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ८ वर्षीया बालिकालाई कारी नाम गरेका युवाले केही दिनअघि बलात्कार गरेर माथिल्लो तलाबाट तल फालेका थिए ।
घाइते बालिकाको बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको क्रममा मृत्यु भएको हो । प्रहरीले अभियुक्त कारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने अभियुक्त कारी रिजवानले अपराध स्वीकार गरेका छन् ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्