अमेरिकी–इजरायली आक्रमणमा ६ सय भन्दा बढी इरानी विद्यालयहरू क्षतिग्रस्त
काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रवार संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि शुरु गरेको सैन्य कारबाहीमा इरानभर ६ सय भन्दा बढी विद्यालयहरू ध्वस्त भएको बताएका छन् ।
यसमा १ हजार भन्दा बढी विद्यार्थी र शिक्षकहरू मारिएका वा घाइते भएका छन् । जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आकस्मिक बहसमा भिडियो लिंकमार्फत बोल्दै अराघचीले दक्षिण इरानी शहर मिनाबको एउटा प्राथमिक विद्यालयमा नियोजित आक्रमण भएको बताए ।
जसमा १७५ भन्दा बढी विद्यार्थी र शिक्षकहरूको मृत्यु भएको थियो । अराघचीले शजरेह तय्यबेह विद्यालयलाई निशाना बनाउनु युद्ध अपराध र मानवता विरुद्धको अपराध भएको र यसको सबैले कडा निन्दा गर्नुपर्ने र दोषीहरूलाई जवाफदेही बनाउनुपर्ने माग गरे । उनले आक्रमणकारीहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको व्यापक र व्यवस्थित रूपमा उल्लंघन गरेको आरोप लगाएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्