अमेरिकी–इजरायली आक्रमणमा ६ सय भन्दा बढी इरानी विद्यालयहरू क्षतिग्रस्त
काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रवार संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि शुरु गरेको सैन्य कारबाहीमा इरानभर ६ सय भन्दा बढी विद्यालयहरू ध्वस्त भएको बताएका छन् ।
यसमा १ हजार भन्दा बढी विद्यार्थी र शिक्षकहरू मारिएका वा घाइते भएका छन् । जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आकस्मिक बहसमा भिडियो लिंकमार्फत बोल्दै अराघचीले दक्षिण इरानी शहर मिनाबको एउटा प्राथमिक विद्यालयमा नियोजित आक्रमण भएको बताए ।
जसमा १७५ भन्दा बढी विद्यार्थी र शिक्षकहरूको मृत्यु भएको थियो । अराघचीले शजरेह तय्यबेह विद्यालयलाई निशाना बनाउनु युद्ध अपराध र मानवता विरुद्धको अपराध भएको र यसको सबैले कडा निन्दा गर्नुपर्ने र दोषीहरूलाई जवाफदेही बनाउनुपर्ने माग गरे । उनले आक्रमणकारीहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको व्यापक र व्यवस्थित रूपमा उल्लंघन गरेको आरोप लगाएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्