सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि
काठमाडौं । सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.९ प्रतिशतले वृद्धि भएको छ ।
हालै सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस अवधिमा चीनको कुल वैदेशिक व्यापार २५.४७ ट्रिलियन युआन ९करिब ३।७५ ट्रिलियन अमेरिकी डलर० पुगेको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागका उपप्रमुख माओ शेन्योङकाअनुसार आयात र निर्यातमा तिब्र वृद्धि हुनुका साथै व्यापारिक संरचनामा समेत थप सुधार र सुदृढीकरण भएको छ ।
तथ्याङ्क विवरणअनुसार समिक्षा अवधिमा चीनको निर्यात १३.४ प्रतिशतले बढेर १४.७३ ट्रिलियन युआन पुगेको छ ।
त्यसैगरी, आयाततर्फ २२.१ प्रतिशतको उच्च वृद्धि देखिएको छ, जसको कुल हिस्सा १०.७४ ट्रिलियन युआन कायम भएको छ । चिनियाँ अधिकारीहरूले यस वृद्धिलाई वैदेशिक व्यापारको क्षेत्रमा प्राप्त भएको सकारात्मक उपलब्धिको रूपमा व्याख्या गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्