किन मागियो चिनियाँ राष्ट्रपति सी जिनपिङको राजिनामा
काठमाडौं । चीनमा कोभिड संक्रमणको बृद्धि हुँदै गएपछि चिनियाँ सरकारले शून्य कोभिड नीति अवलम्बन गरेपछि सर्वसाधारणले चिनियाँ राष्ट्रपति सी जिनपिङ राजीनामा माग गरेका छन् । यो सँगै सी जनताले राजीनामा माग गरेको पहिलो चिनियाँ राष्ट्रपति भएको इनसाइड ओभरले उल्लेख गरेको छ ।
सी जिनपिङको कडा कोभिड नियन्त्रणका उपायहरू अबलम्बन गरेका कारण उनको राजीनामाको माग गर्दै देशभरका चिनियाँ नागरिकले विरोध प्रदर्शन गरिरहेका छन्। यो सँगै चिनियाँ जनताले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को एकदलीय शासन अन्त्यको माग पनि उठाएका छन् । मानिसहरूले ‘स्टेप डाउन, सी जिनपिङ स्टेप डाउन, कम्युनिष्ट पार्टी१’ जस्ता नारा लगाएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी, सरकार र चिनियाँ जनतामाथि बलियो पकड राख्ने सीको प्रयास गलत भएको देखिन्छ। जनताको आक्रोशको मुख्य कारण कोरोनाभाइरस महामारीको गलत व्यवस्थापन हो । सीको नेतृत्वमा रहेको सरकारको शून्य९कोविड नीति अन्तर्गत लागू गरिएको नीतिले महामारीलाई नियन्त्रण गर्न असफल भएको र उनीहरूको स्वतन्त्रता, स्वास्थ्य र जीविकोपार्जनमा हानि पुऱ्याएको सर्वसाधारणले जोड दिएका छन् ।
उल्लेखनीय रूपमा, चीनले लकडाउन तथा यात्रामा प्रतिबन्ध लगायतका कडा प्रतिबन्धहरू लागू गर्दै आएको छ । चिनियाँ जनताले कम्युनिष्ट पार्टीको ७० वर्षको शासन इतिहासलाई चुनौती दिँदै विरोध प्रदर्शन गरेका छन् । १९८९ को तियानमेन स्क्वायरमा भएको प्रर्दशन पछि यो नै पहिलो प्रर्दशन हो ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- २करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ३२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
- ४संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास
- ५मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भएको सिके राउतको आरोप



तपाईको कमेन्ट लेख्नुहोस्