Techie IT
  • २१ कात्तिक २०८३, शुक्रबार
KhojPatrika

इरानमाथि सैन्य कारबाही फेरि सुरु गर्नेबारे ट्रम्पको सुरक्षा टोलीसँग छलफल


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही फेरि सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि ट्रम्पको अभिव्यक्ति केही नरम देखिए पनि इरानमाथि थप आक्रमणको सम्भावना कायमै रहेको छ ।

फक्स न्युजका अनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यस विषयमा महत्त्वपूर्ण बैठक भएका थिए ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको आणविक कार्यक्रम स्थायी रूपमा अन्त्य गर्न थप आक्रमण आवश्यक पर्ने वा नपर्नेबारे अमेरिकाले चाँडै निर्णय गर्ने बताएका थिए ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्