अफगानिस्तानको काबुल विमानस्थलमा आतंकवादी हमाल हुने अमेरिकाको चेतावनी
काठमाडौं । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकाले रक्षा मन्त्रालयले सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो ।
अफगानिस्तानमा तालिबानले सत्ताकब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ । उद्दारको काम नसकिँदै आइएसले विमानस्थलमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले उद्दारको वैकल्पिक मार्ग खोजी भइरहेको समेत बताएको छ । काबुल विमानस्थलमा आइएसको आक्रमणबारे अमेरिकाले थप जानकारी दिएको छैन । साथै आइएसले समेत विमानस्थलमा आक्रमणको कुनै चेतावनी दिएको छैन ।
विमानस्थलको टर्मिनल बाहिर लगातार भइरहेको भीड, प्रदर्शन र नाराबाजीकाबीच अमेरिकाले यस्तो चेतावनी दिएको हो । तालिबानले एक हप्ताअघि अफगानिस्तान कब्जामा लिएपछि हालसम्म विमानस्थलबाट १७ हजार मानिस बाहिरिएका छन् । हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । यीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक रहेको बताइएको छ ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्