आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारद्धारा अनुदान रकम स्वीकृत
एजेन्सी । भारतको जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि दुई सय पचास करोड रुपैया अनुदान स्वीकृत गरेको छ ।कोरोना माहामारीपछि उधोग तथा आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले दुई सय पचास करोड रुपैँया अनुदान स्वीकृत गरेको हो । जम्मु काश्मीर लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले उक्त अनुदान बजेट स्वीकृत गरी जम्मु काश्मीर बैंकलाई चेक हस्तान्तरण गरेका छन् ।
जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि प्रदान गर्ने एक हजार तीन सय ५३ करोड रुपैँया अनुदान अन्तर्गत पछिल्लो समय दुई सय पचास करोड प्रदान गरेको हो । अनुदान हस्तान्तरण गर्दा जम्मु काश्मीर बैंकका अध्यक्ष तथा व्यावस्थापन निर्देशक आरके छिबर र विक्तिय विभागका आयुक्त अरुन कुमार मेहता उपस्थित थिए ।
जम्मु काश्मीर सरकारले यसअघि पनि पाँच सय करोड अनुदान वितरण गरिसकेको छ । कोरोना माहामारीपछि आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले गत बर्ष सेप्टेम्बर मा अनुदान रकम प्रदान गर्ने घोषणा गरेको थियो । स्रोतः ईण्डीया ब्लुम्स
क्याटेगोरी : विदेश
ट्याग : #जम्मु काश्मीर सरकार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्