पाकिस्तानमा प्रेमिकाको बुवाद्धारा प्रेमीको हत्या

इस्लामाबाद । पाकिस्तानको गुज्रनवालामा एक व्याक्तिले आफ्नो छोरीको प्रेमीको क्रुर हत्या गरेका छन । पाकिस्तानको गुज्रनवालामा आफ्नो छोरीसँग बिवाह गर्न खोज्ने व्याक्तिलाई तरिक याकुबले हत्या गरेको मृतकका दाईले दाबी गरेका छन् । ३० बर्षीय रिज्वनले आफ्नो छोरीसँग बिवाह गर्न खोजेको बिषयमा याकुबले उनको हत्या गरि गुज्रनवाला नजिकै नहरमा फालेको बताईएको छ ।
याकुबले रिज्वनको हत्यापछि शरिर टुक्रा टुक्रा पारी नहरमा फालेको बताईएको छ । रिज्वन उनको प्रेमिकाको घरमा गईरहने गरेको तर हत्यापछि केटीका बुवाले रिज्वन आफ्नो घरमा नआएको दाबी गरेका छन् । मृतकका दाईले हत्यामाथि निष्पक्ष छानबीनको माग गरेका छन् ।
पाकिस्तानमा यस्ता बिषयमा महिलामाथि मात्र नभई पुरुषहरुमाथि पनि हिंसा हुने गरेको छ । पाकिस्तानमा आफ्नो परिवार र कुलको सम्मान जोगाउन भन्दै यस्तो प्रकारको घटनालाई वैध रुपमा लिईने गरेको पाईन्छ । स्रोत पाकिस्तान डेली
क्याटेगोरी : देश/दुनियाँ, विदेश
ट्याग : #पाकिस्तानको गुज्रनवाला
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्