झनै बढ्यो कारोना संक्रमणदर एकैदिन विश्वमा थपिए दुई लाख ६० हजार संक्रमित
काठमाडौं । विश्वमा कोरोना संक्रमणदर झनै भयावह हुँदै गएको छ । कोरोना भाइरस दैनिक संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै झण्डै दुई लाख ६० हजार मानिसमा संक्रमण पुष्टि भएको छ । शनिबार विश्वभर दुई लाख ५९ हजार ८ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि शुक्रबार जुलाई १७ मा विश्वभर दुई लाख ३७ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । एकै दिन दुई लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण भएको यो पहिलो पटक रहेको डब्लुएचओले जनाएको छ । सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा थपिएका छन् ।
अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ब्राजिलमा ४५ हजार ४ सय ३, भारतमा ३४ हजार ८ सय ८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३ सय ७३ जनामा शनिबार संक्रमण पुष्टि भएको डब्लुएचओले जनाएको छ । विश्वभर मे १० यता शनिबार सबैभन्दा धेरै व्यक्तिको कोरोना भाइरसबाट ज्यान गएको छ । शनिबार एकै दिन सात हजार ३ सय ६० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाखेको छ ।
अहिलेसम्म विश्वभर ६ लाख ६ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै संक्रमित हुनेको कुल संख्या एक करोड ४२ लाख २३ हजार भन्दा धेरै रहेको छ । सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ३७ लाख सात हजार भन्दा धेरै संक्रमित भएकोमा एक लाख ४० हजार भन्दा धेरैको ज्यान गएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, विदेश, स्वास्थ्य
ट्याग : #विश्वमा कोरोना
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्