किन पर्यो नेपालको पासपोर्ट विश्वकै ‘खराब’ को सूचिमा ?
काठमाडौं । नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको रिपोर्ट प्रकाशित भएको छ । नेपाली पासपोर्ट १०९ स्थानमा परेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थानले अगाडि छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा जापान पहिलो स्थानमा पर्दा नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको हो । राहदानी बाहकलाई देशले दिने सुविधा, भिषा बिनै प्रवेश, अनअराईभल भिषा, राहदानीको विश्वनीयता लगायतका आधारमा राहदानीलाई बर्गीकरण गरिन्छ ।
संसारका द्धन्द्धग्रस्त मुलुकसँगै नेपाली पासपोर्ट पनि सूचीकृत छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ । सबैभन्दा पुछारमा सार्क मुलुक अफगानिस्तान १ सय १६ नम्बरमा छ । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा जापान पहिलो स्थानमा परेको हो ।
यस्तो छ सार्वजनिक गरिएको सूची
विश्वकै बलियो पासपोर्ट
१. जापान (१९३ गन्तव्य)
२. सिंगापुर (१९२ गन्तव्य)
३. जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य)
४. फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य)
५. अष्ट्रिया, डेनमार्क (१८९ गन्तव्य)
६. फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, स्वीडेन (१८८गन्तव्य)
७. बेल्जियम, न्यूजिल्यान्ड, स्वीटजरल्यान्ड, बेलायत, अमेरिका (१८७ गन्तव्य)
८. चेक रिपब्लिक, ग्रीस, माल्टा, नर्वे (१८६ गन्तव्य)
९. अष्ट्रेलिया, क्यानडा (१८५ गन्तव्य)
१०. हंगेरी (१८४ गन्तव्य)
विश्वकै दस खराब पासपोर्ट
१०८. उत्तर कोरिया (३९ गन्तव्य)
१०९. नेपाल (३८ गन्तव्य)
११०. प्यालेस्टाइनी टेरिटोरिज (३७ गन्तव्य)
१११. सोमालिया (३४ गन्तव्य)
११२. यमन (३३ गन्तव्य)
११३. पाकिस्तान (३२ गन्तव्य)
११४. सिरिया (२९ गन्तव्य)
११५. इराक (२८ गन्तव्य)
११६. अफगानिस्तान (२६ गन्तव्य)
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नेपाली पासपोर्ट, #विश्वकै खराब
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्