गगनले भने– तर्साउने धेरै आए, तर्सिने बानी परेन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्सिने बानी नपरेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले तर्साउनेहरू धेरै आएपनि आफूलाई तर्सिने बानी नपरेको बताए ।
उनले भने,‘ अहिले ठिक १८ः ०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
यसअघि आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा स्ट्याटस लेख्दै एक–दुई जनालाई उम्किने सपना नदेख्न चेतावनी दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्