प्रधानमन्त्रीले भने– एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले एक,दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत आग्रह गरेका छन् ।
उनले भने,‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्