राष्टपति भण्डारीले चीन भ्रमण गर्ने
काठमाडौं २० चैत । राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टु्ंगो लागिसकेको छैन । अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएका छन् । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो । चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सिको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको समाचार अन्नपूर्णमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्