कांग्रेस केन्द्रीय समिति बैठक,सरकारको कामबारे समिक्षा
काठमाडौं १७ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीका आन्तरिक विषयसहित समसामयिक विषयवस्तुमा छलफल हुनेछ । मुख्यतः कोरोना भाइरससँग सम्बन्धित विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कोरोनाभाइरसको जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले गरिरहेको कामको मूल्यांकन, भएका कमीकमजोरीहरुलाई सुधार्न सुझाव दिने र पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । प्रमुख प्रतिपक्षीको भूमिकाका साथै बजेट अधिवेशन समयमै बोलाउनुपर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । सरकार कारोना नियन्त्रण र रोकथामका लागि भन्दा पनि आन्तरिक बिबादमा फसेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउदै आएको छ । सोमबार मात्रै कांग्रेसले प्रतिपक्षीदलहरुसँग समेत सरकारको कामकारवाहीबारे छलफल गरेको थियो ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेस
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्