यूएइमा भारतीय प्रवासी लक्षित न्युज पोर्टल सञ्चालन
एजेन्सी । भारतीय विदेश मामिला मन्त्रालयद्धारा संयुक्त अरब इमिरेट्स (यूएइ) स्थित न्युज पोर्टल सञ्चालनमा ल्याईएको छ । भारतीय विदेश मामिला मन्त्रालयले यूएइ स्थित भारतीय प्रवासीहरुलाई लक्षित ग्लोबल प्रवासी रिश्ता पोर्टल सञ्चालनमा ल्याएको छ । यूएइ स्थित २४ लाख प्रवासी, भारत सरकार साथै विश्वभरी रहेका तीन करोड भारतीय प्रवासीलाई जोड्ने उदेश्यका साथ न्युज पोर्टल सञ्चालन गरिएको यूएइस्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ ।
वाणिज्य दूतावासले न्युज पोर्टलमा रजिष्ट्रर गर्न यूएइ स्थित सबै प्रवासीहरुमा आग्रह गरेको छ । उक्त पोर्टलमा भिसा, पासपोर्ट, कन्सुलर सेवा, संकटको समयमा भारतीयहरुलाई सहायता प्रदान गर्ने लगायतका जानकारी समेटिने बताईएको छ । पोर्टलले भारतीय प्रवासीहरुलाई आकस्मिक अबस्थामा वाणिज्य दूतावासका अधिकारी र सेवा सँग जोड्न सहयोग गर्ने बताईएको छ । स्रोतः खालीज टाईम्स
क्याटेगोरी : विदेश
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्