Techie IT
  • ४ मंसीर २०८३, बिहीबार
KhojPatrika

काठमाडौंलाई २४ सै घण्टा खुला राख्ने तयारी


काठमाडौं । काठमाडौं उपत्यकालाई २४ सै घण्टा खुला राख्ने तयारी तीव्र पारिएको छ । राजधानीको रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले दैनिकजसो सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ । होटल, रेस्टुरेन्ट, व्यापारिक प्रतिष्ठान र मनोरञ्जन क्षेत्रमा मात्र सीमित नराखी सरकारी कार्यालयसमेत रातिको समयमा सञ्चालन गर्न सकिने विषयमा छलफल भइरहेको छ ।

राजधानीको परिचय बदल्ने गरी काठमाडौं उपत्यकालाई २४ सै घण्टा खुला राख्ने तयारी तीव्र पारिएको छ । रात परेपछि सुनसान हुने सडक, बन्द हुने सरकारी कार्यालय र थन्किने व्यापारिक गतिविधिलाई समेत चलायमान बनाउने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं छलफलमा जुटेको हो । रोचक पक्ष त के छ भने, यो योजना निजी क्षेत्रका होटल, रेस्टुरेन्ट र व्यापारिक प्रतिष्ठानमा मात्र सीमित छैन, सरकारी कार्यालयसमेत रातिको समयमा सञ्चालन गर्ने विषयले छलफलमा प्रवेश पाएको छ ।

यसका लागि प्रशासनले दैनिकजसो सरोकारवाला निकायसँग तीव्र गतिमा छलफल अगाडि बढाइरहेको छ । यसअघि ठमेल र दरबारमार्गजस्ता क्षेत्रमा केन्द्रित रात्रिकालीन गतिविधिलाई व्यवस्थित गर्दै उपत्यकाका अन्य क्षेत्रसम्म विस्तार गर्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भूसालका अनुसार विभिन्न पक्षसँग छलफल र समन्वय भइरहेको छ ।

निजी व्यवसायी र व्यापारिक प्रतिष्ठान मात्रै होइन, सरकारी कार्यालयसमेत रातिको समयमा सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि छलफल भइरहेको छ । रातभर बजार तथा सरकारी कार्यालय सञ्चालनका लागि सुरक्षा व्यवस्था सबैभन्दा महत्वपूर्ण पक्ष हुनेछ । त्यसका लागि प्रहरीको रात्रिकालीन गस्ती, सीसीटीभी निगरानी, सडक बत्ती, आकस्मिक स्वास्थ्य सेवा र रातिको सार्वजनिक यातायातको व्यवस्था गर्नुपर्नेछ ।

त्यस्तै विद्युत्, इन्टरनेट, फोहोर व्यवस्थापन तथा सार्वजनिक शौचालयजस्ता आधारभूत पूर्वाधारको सुनिश्चितता पनि आवश्यक हुनेछ । रात्रिकालीन व्यवसाय विस्तार हुँदा होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा मनोरञ्जन क्षेत्रमा रोजगारीका अवसर बढ्ने र आर्थिक कारोबार विस्तार हुने अपेक्षा गरिएको छ । तर, रातभर व्यवसाय सञ्चालन गर्ने नाममा ध्वनि प्रदूषण, मदिराजन्य गतिविधि, झैझगडा, चोरी तथा अन्य आपराधिक गतिविधि बढ्न नदिन प्रशासनले प्रभावकारी नियमन गर्नुपर्ने चुनौती पनि छ ।

स्थानीय बासिन्दाको शान्ति, सुरक्षा र अधिकारलाई समेत ध्यान दिनुपर्ने देखिन्छ । कार्यान्वयनको समयसीमा, सञ्चालन हुने क्षेत्र, सरकारी कार्यालयको सेवा समय र सुरक्षा व्यवस्थाबारे अन्तिम निर्णय भने भएको छैन् । अब काठमाडौं रातभर खुल्ने बहस निजी व्यवसाय सञ्चालनमा मात्र सीमित छैन, सरकारी सेवा प्रवाहलाई समेत २४ घण्टे बनाउने अवधारणासम्म पुगेको छ । दैनिकजसो भइरहेको छलफलले यो योजनालाई कुन रूपमा अघि बढाउँछ भन्ने चासो बढेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं