जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा भएको बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको उनले जानकारी दिए । मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा परेर ११ जना पुरुष र १६ जना महिला घाइते भएका छन् । दुर्घटनामा परेकामध्ये स्तुपा अस्पतालमा १, नेपाल मेडिकल कलेजमा १ र शंखरापुर अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको थियो । अर्थोपेटिक अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल अस्पताल, स्तुपा अस्पताल, टिचिङ अस्पताल,मुलपानि नगर अस्पताल, सुस्मा कोइराला अस्पताल, पिपुल्स लाईफ केयर अस्पताल गरी जम्मा ८ वटा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
घाइतेमध्ये १ जना महिलाको अवस्था गम्भीर छ । गम्भीर घाइते महिला शंखरापुर अस्पतालमा उपचाररत छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्