टंकनाथ (टोपलदास) जमरकट्टेल स्मृति वंशहित कोष स्थापना
काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा न ४ मा का टंकनाथ (टोपलदास) जमरकट्टेलको सम्झनामा स्मृति वंशहित कोष स्थापना भएको छ ।
२००० साल चैत्र २० गते जन्मिएका टंकनाथ (टोपलदास) जमरकट्टेलको गत बर्ष साउन ३१ गते शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।
साढे चार दशक देश तथा विदेशमा बसोबास गर्ने भारद्वाज गोत्रीय जमरकट्टेल बंशको इतिहास, पुर्खाको गौरवगाथा कुलपरम्परा एवम् वंशलताको खोज अनुसन्धान र संकलन गरेका जमरकट्टेलको योगदानको कदर गर्दै कोष स्थापना गरिएको हो ।
जमरकट्टेल सेवा प्रतिष्ठान, नेपाल नेचासल्यान ३, सोलुखुम्बुमा टंकनाथ (टोपलदास) जमरकट्टेलको प्रथम स्मृति सभाको कार्यक्रममा कोषको स्थापना गरिएको बताइएको छ । कोषको अध्यक्षमा स्व. (टंकनाथ (टोपलदास) जमरकट्टेल की धर्मपत्नी निरकुमारी जमरकट्टेल अध्यक्ष रहने कोषमा पाँच सदस्य रहने ब्यबस्था गरिएको छ ।
कोषमा अहिले दुई लाख दुई हजार दुई सय दुई रूपैयाँ राखिएको छ । रकम प्रतिष्ठानका कोषाध्यक्ष र अक्षयकोष दाता परिवारका प्रतिनिधिको संयुक्त दस्तखतमा बैक खाता सञ्चालन गरिनेछ । कोषमा अक्षयकोष दाता परिवारका अन्य सदस्य ,आफन्त , शुभचिन्तकले चाहेमा थप रकम जम्मा गर्न सकिने ब्यबस्था पनि गरिएको छ ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्