ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन् । बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ ।
सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोत र रक्षा मन्त्रालयका अधिकारीले यसबारे जानकार दिएको उल्लेख गरेको छ । ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने सन्दर्भमा सम्भावित कूटनीतिक वार्ताको अवसरका लागि हमलाको निर्णय तत्काल नगरेका हुन् ।
यसबारे दि वाल स्ट्रिट जर्नलले यसअघि नै समाचार प्रकाशित गरे पनि ह्वाइट हाउसले कुनै प्रतिक्रिया नजनाएको सीबीएस न्यूजले उल्लेख गरेको छ । ट्रम्पले हिजो पत्रकारहरुसँगको कुराकानीमा युद्धमा अवस्था परिवर्तन भइरहने भन्दै आफूले अन्तिम क्षणमै अन्तिम निर्णय लिने गरेको बताएका थिए ।
इरानले भने दबाबमा वार्ता नगर्ने स्पष्ट गर्दै अमेरिकी आक्रमणको प्रतिउत्तर दिने चेतावनी दिइसकेको छ । अमेरिकी गुप्तचर अधिकारीका अनुसार इरानले अमेरिकी सैन्य अड्डामा आक्रमणको तयारी गरिसकेको छ ।
इजरायलले गत हप्ताको शुक्रबारदेखि इरानी सैन्य र आणविक संरचनामाथि आक्रमण गरिरहेको छ । यो आक्रमणमा अमेरिका हालसम्म संलग्न भएको छैन । यद्यपि ट्रम्पले यसअघि इरानलाई विनाशर्त आत्मसर्मपण गर्न चेतावनी दिइसकेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्