सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सफा
काठमाडो. । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आज हल्का वर्षा भइरहेको छ । डडेलधुरा, डोटीलगायतका केही जिल्लामा बिहानदेखि हल्का वर्षा भइरहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधारणतया बदली तथा लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।
काठमाण्डौ उपत्यकासहित तराई मधेश र बागमती प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको छ । यसैबीच मौसम सुधार भएसँगै तापक्रम बढ्न थालेको छ । आज दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्