प्रशासनिक स्वरूपले लियो आकार,सहयोगी छान्न व्यस्त ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पको प्रशासनिक टिमले आकार लिन थालेको छ । पूर्व इमिग्रेसन तथा कस्टम (आइसिई) निर्देशक टम होम्यनालाई सीमाको जिम्मा दिइने भएको छ ।
पूर्व विधायक जी जेल्डिनलाई युएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिएका छन् । जेल्डिनले पनि यसलाई स्वीकार गरी सकेका छन् । अमेरिकाका लागि उत्कृष्ट चार वर्षको समयमा निर्माण गर्न ह्वाइट हाउसमा राष्ट्रपतिलाई साथ दिन आफू तयार भएको उनले बताए ।
जेल्डिनले सफा पानी र हावाका लागि ट्रम्प सधैँ सचेत रहने व्यक्ति भएको बताएका छन् । एलाइस स्टेफानिकलाई राष्ट्र सङ्घका लागि अमेरिकी दूतमा चयन गरेका छन् । उनका शीर्ष आप्रवासी सल्लाहकार स्टेफन मिलरलाई ह्वाइट हाउसको कार्यकारी चिफ अफ स्टाफ चयन गर्ने सम्भावना छ ।
यसैगरी ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइम वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि प्रस्ताव गरेका छन् । यी धेरै पदमा नियुक्त गर्दैगर्दा ट्रम्पका लागि महान्यायाधिवक्ता चयन चिन्ता र चुनौतीका विषय बनेको छ ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्