प्रगतिवादी साहित्यले क्रान्ति र परिवर्तनको बाटो निर्धारण गर्ने घोषणा
ईश्वरचन्द्र ज्ञवालीद्वारा कवि सिलवाल सम्मानित
सुनसरी । धरानमा अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिले प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कविता गोष्ठी गरिएको छ । कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कविता गोष्ठी गरिएको थियो ।
वरिष्ठ सौन्दर्यचिन्तक, मार्क्सवादी विद्वान्, जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले कार्यक्रमको उद्घाटन गरेका थिए । ज्ञवालीले साहित्य, कला र संस्कृति देश र जनताको हितमा हुनुपर्ने बताए ।
उनले जनताका यावत जीविकाका समस्यालाई देखाउने, जनताका सत्रुहरूको भण्डाफोर गर्ने र देश र जनतालाई परिवर्तन र मुक्तिको दिशाबोध गराउने कामचाहिँ प्रगतिवादी साहित्यले गर्नुपर्ने बताएका थिए । उनले प्रगतिवादी कवि केशव सिलवाल जनताका पक्षमा कविता रच्न सक्षम कवि रहेको चर्चा गर्दे वाचित प्रतिनिधिमूलक कवितामाथि समेत आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाखीले केशव सिलवाल वर्तमान समयका अब्बल कवि रहेको चित्रण गर्दै हरेक विकृति र विसङ्गतिविरुद्ध प्रत्येक कविहरू जागृत हुनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय महासचिव केशव सिलवाललाई प्रगतिवादी कविता लेखन क्षेत्रका प्रतिनिधिमूलक प्रतिभाका रूपमा चित्रण गरिएको छ ।
सिलवालले कविता लेखनका लागि उच्च साधनाको जरुरत रहेको जानकारी दिए । चिबेचरा,ङा चेपाङ, कमरेड स्याउला, तुइनमा उल्टो झुन्डिएर, जुत्ता र क्रान्ति, यो देश मेरो होइन रहेछ जस्ता ६ वटा कविता बाचन गरेका थिए । ललितपुर लेलेमा २०३० सालमा जन्मिएका कवि केशव सिलवालका बर्जित अवशेष असहमतिका स्वरहरू धारिला मानिसहरू र चिबेचरा जस्ता कविताकृति प्रकाशित भइसकेका छन्। कवि सिलवाललाई कार्यक्रममा सम्मान गरिएको थियो ।

क्याटेगोरी : देश/दुनियाँ, समाचार, साहित्य
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्