अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
काठमाडौं । बाढी पछि आफ्ना मान्छे सम्पर्क विहिन भएको ८ दिन भयो । तर, आफन्तहरु अझै आफ्ना मान्छेको खोजीमा भौतारिरहेका छन् । आफन्तहरू अझै अस्पताल–अस्पताल पुगिरहेकाछन् । सुरुमा जीवितै भेटिने आशा थियो । तर, समय बित्दै जाँदा त्यो आशा पनि हराउँदै गएको छ । अहिले उनीहरूको एउटै चाहना छ—आफ्नो मान्छे जीवित नभए पनि शव भेटियोस् । अन्तिमपटक अनुहार हेर्न र आफ्नै हातले अन्तिम संस्कार गर्न पाइयोस् ।
बाढीले आफ्ना मान्छे बगाएपछि परिवारका सदस्यहरू एक सातादेखि उनीहरूको खोजीमा छन् । सुरुमा सबैको एउटै आशा थियो—कतै जीवितै पो छन् कि, कुनै अस्पतालमा उपचार भइरहेको पो छ कि, कसैले उद्धार गरेर सुरक्षित ठाउँमा पो राखेको छ कि । त्यही आशामा आफन्तहरू अस्पताल पुगिरहेका छन्। तर,दिन बित्दै जाँदा उनीहरूको आशा पनि कमजोर हुँदै गएको छ ।
अब उनीहरूलाई आफ्नो मान्छे जिउँदै भेटिन्छ भन्ने आशा कम हुँदै गएको छ । तर, खोजी भने रोकिएको छैन । उनीहरूको चाहना अब यति मात्रै छ—कम्तीमा आफ्नो मान्छेको शव भए पनि भेटियोस् । आफ्नै आँखाले अन्तिमपटक अनुहार हेर्न पाइयोस् । आफ्नै हातले अन्तिम संस्कार गर्न पाइयोस् । यो आवाजमा आफ्ना मान्छे गुमाउनुको पीडा मात्रै छैन । आफ्नो मान्छे कहाँ छ भन्ने थाहा नहुनुको पीडा पनि छ ।
सामान्य अवस्थामा कसैको मृत्युको खबर सुन्दा परिवारका लागि त्यो सबैभन्दा ठूलो दुःख हुन्छ। तर अहिलेको अवस्था यस्तो छ कि मृत्यु भएको हो भन्ने थाहा नहुँदा झन् ठूलो पीडा भइरहेको छ। शव भेटिएला कि भनेर परिवारका सदस्यहरू अस्पतालका शवगृहसम्म पुगिरहेका छन् । आफन्तको एउटा तस्वीर अहिले उनीहरूको सबैभन्दा ठूलो सहारा बनेको छ । कसैले मोबाइलमा तस्वीर राखेका छन् । कसैले फोटो प्रिन्ट गरेर बोकेका छन् । उनीहरूको एउटै उद्देश्य छ—आफ्नो मान्छे पत्ता लगाउनु । जीवित भए घर फर्काउनु । नभए शव भए पनि परिवारको जिम्मा लगाउनु ।
किनकि शव भेटिनु उनीहरूका लागि खुसीको कुरा होइन, तर आफ्नो मान्छे कहाँ छ भन्ने अन्योलबाट बाहिर निस्कने बाटो हो । हाल त्रिवि शिक्षण अस्पतालमा मात्रै दैनिक १ हजार देखि २ हजार जना आफन्तको खोजिमा पुग्ने गरेका छन् । तर, उनीहरुले न उपचाररत आफन्त भेट्छन् न सब गृहमा, न सास भेट्छन् न लास, अब यस्ता आफन्तका लागि जिन्दगीभरको पिडा बनेको अस्पताल बताउछन् । त्रिवि शिक्षण अस्पतालमा मात्रै ७५ जना भन्दा बढ्ी बिरामी उपचारत थिए । जसमा अर्झै पनी ३२ जना उपचारत छन् । जसमा केही घाइतेको अवस्था नाजुक रहेको अस्पतालको भनाई छ । हाल समस्या उपचारमा हैन् यता शव व्यवस्थापनमा भैरहेको छ ।
त्रिवि शिक्षण अस्पतलमा शव भण्डारणका लागि जम्मा क्षमता १ सय ५० हो तर अहिले बाढीमा मृत्यु भएकाहरु झण्र्डै १ सय भन्दा बढी सब ल्याइएको छ । त्यसो त यस अगाडि भूकम्प लगायत अन्य घटनामा मृत्यु भएका ८० वटा शव अझै त्रिवि शिक्षण अस्पतालमा छन् उनीहरुको अझै शव खोज्न आएका छैन्न । हाल बाढीका कारण मृत्यु भएर ल्याइएका शव अधिकाशं पहिचान गर्न सकिने अवस्था छैन् । जसमा कारण ति शवको डिएनए परिक्षण नै आवश्यक छ । तर, दैनिक जसो मृतकका संख्या बढ्दै जाँदा शव गृहमा सब राख्न सक्ने अवस्था छैन् ।
उता परिवार आफन्तको शव भए पनी हेर्न र दाहसंस्कार गर्न तड्पिरहेका छन् उता शवहरु गल्न थालिसकेका छन् । जसका कारण अस्पतालमा ल्याएर पनी सुरक्षित राख्न नसकिएको अस्पतालको भनाइ छ । यस्तो कठिन परिस्थितिमाविपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भैहरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको बताएको छ । भारतका २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा खटिएको छ भने चीनबाट आएका ९ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली ३ ’ए’ आयोजना क्षेत्रमा परिचालन भएका छन् । त्यस्तै कोरियाबाट पनि उद्धार टोली नेपाल आइपुगेको छ ।
भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली २९ अगस्टदेखि कार्यक्षेत्रमा रहेको र चीनबाट ४ सदस्यीय फोरेन्सिक टोलीका साथै सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउन समन्वय भइरहेको जनाएको छ । तत्काल पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना सुरक्षित राखी अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ । क्षति मूल्याङ्कन गरी ’विपद्पछिको आवश्यकता मूल्याङ्कन’ तयार गरिने र सोही आधारमा दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिने बताएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्