इजरायलका प्रधानमन्त्री नेतन्याहुको हत्या प्रयास
काठमाडौं । लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आक्रमणको बेला प्रधानमन्त्री र उनकी पत्नी त्यहाँ थिएनन् । र, यस आक्रमणबाट कोही घाइते पनि भएका छैनन् ।’ प्रधानमन्त्री नेतन्याहुले भने सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘इरानको प्रोक्सी हिजबुल्लाहले मेरो र मेरी पत्नीको हत्याको कोसिस गरेर ठूलो गल्ती गरेको छ ।’
उनले यसबाट आफ्ना शत्रुहरुविरुद्धको युद्ध नरोकिने पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘म इरान र उसको प्रोक्सीलाई भन्न चाहन्छु, जसलाई हामीलाई क्षति पुर्याउने कोसिस गर्छ, उसले ठूलो मूल्य चुकाउनुपर्छ । हामी आतंकवादीलाई अन्त्य गर्ने अभियान जारी राख्ने छौं र बन्धक बनाइएकाहरुलाई घर फिर्ता ल्याउने छौं ।’
उनले इजरायलले जित हासिल नगरेसम्म युद्ध जारी राख्ने पनि बताएका छन् । लेबनानको तर्फबाट आक्रमण भएपछि इजरायलले पनि त्यहाँ आक्रमण जारी राखेको बीबीसीले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राजधानी बेरुतको उत्तरतर्फ पर्ने जोनिया भन्ने ठाउँमा इजरायलले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #प्रधानमन्त्री र उनकी पत्नी, #लेबनानको भूमि
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्