जम्मू कश्मीरको सत्तामा नेशनल कन्फ्रेन्सको पुनरागमन
काठमाडौं । जम्मू–कश्मीरकको सत्ता राजनीतिमा फारुक अब्दुल्लाहको नेशनल कन्फ्रेन्स पार्टीले जबरजस्त पुनरागमन गरेको छ । मेहबुबा मुफ्तीको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई मतदाताले अस्वीकार गरेका छन् । साथै तामाम प्रयासका बाबजुद भारतीय जनता पार्टी भाजपाले जम्मू क्षेत्रमा फैलिन सकेन ।
९० सदस्यीय विधानसभाका लागि भएको चुनावमा नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनले प्रष्ट बहुमत पाएको छ । जम्मू कश्मीरमा दश वर्षपछि विधानसभा चुनाव भएको थियो । पछिल्लो पटक बीजेपी र पीडीपीले मिलेर सरकार बनाएका थिए । मेहबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन् । तर यो सरकारले ५ वर्ष पूरा गर्न सकेन ।
अगष्ट २०१९ मा भारतीय संविधानको आर्टिकल ३७० हटाएर जम्मू कश्मीरको विशेष राज्यको दर्जा खारेज गरेर केन्द्र प्रशासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू भयो । त्यसपछि पहिलो पटक चुनाव भएको हो । भारतीय निर्वाचन आयोगका अनुसार नेशनल कन्फ्रेन्स एक्लैले ४२ सिट जितेको छ भने कांग्रेसले ६ सिट जितेको छ । कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आदमी पार्टी र जम्मू कश्मीर पिपुल कन्फ्रेन्स (जेपीसी) ले १–१ सिट जितेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्