अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
काठमाडौं । अमेरिकामा भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच टेलिभिजन बहस भएको छ। डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका हुन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो ।
बहसमा पूर्वराष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गरे । अर्की उम्मेदवार ह्यारिसले ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताइन् । अमेरिकाको आर्थिक र हतियार सहयोगककै कारण युक्रेन स्वतन्त्र मुलुकका रुपमा खडा हुन सकेको उनको दाबी छ ।
बहसका दौराना आप्रवासन, रुस युक्रेन युद्ध, इजरायाल गाजा तनाव लगायतका विविध विषयमा बहस भएको थियो । बहसमा कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् ।
यस बहसका लागि केहि नियम बनाइएको थियो, जसलाई दुवै उम्मेदवारले पालना गर्नुपर्ने गरि सहमति गरिएको थियो । एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति, #आमनेसामने
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्