सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह,रास्वपाका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ठ पाटीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड देखि रास्वपा उपसभापति स्वर्णिम वाग्लेसम्मका शीर्ष नेताहरू निर्वाचनपछि आफ्नो क्षेत्रमा सक्रिय नभएको भन्दै यतिबेदा चौतर्फाी रुपमाँ प्रश्न उठीरहेको छ । झापा–५ बाट भारी मतान्तरसहित निर्वाचित भएका बालेन शाह अहिले देशको प्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।
निर्वाचन अघि शाहले झापा ५ मा व्यापक घरदैलो अभियान सञ्चालन गरेका थिए । फागुन ४ गते उनी दमकसहित विभिन्न बस्तीमा पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुनेका थिए । निर्वाचनमा शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए । निर्वाचनपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाहले अहिलेसम्म झापा ५ मा पुगेर मतदातालाई औपचारिक धन्यवाद दिने वा स्थानीय गुनासा सम्म सुनेका छैनन् ।
यस्तै रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट ५४ हजार ४०२ मत प्राप्त गरी निर्वाचित भए । निर्वाचनअघि स्वास्थ्य समस्याका कारण केही समय काठमाडौंमा आराम गरेका लामिछाने फागुनअघि नै चुनावी तयारीका लागि चितवन पुगेका थिए । त्यसपछि पार्टीको राजनीतिक गतिविधि र केन्द्रीय जिम्मेवारीका कारण उनको समय काठमाडौं र अन्य राजनीतिक गतिविधिमै बढी बितेको देखिन्छ । यद्धपि चितवनमा पार्टीको महाधिवेशनसमेत भएको कारण लामिछाने चितवनसँग पूर्ण रूपमा टाढा रहेको अवस्था भने देखिदैन ।
यस्तै बारम्बार निर्वाचन क्षेत्र परिवर्तन गर्दै निर्वार्चित हुँदै आएका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस पटकको निर्वाचनमा रुकुम पुर्व बाट निर्वाचित भएपछि आफनो निर्वाचन क्षेत्रमा पुगेर जनताका गुनासा र समस्यालई सम्बोधन नगरेको र ससंदमा समेत आफनो निर्वाचन क्षेत्रका समस्या बारे नबोलेको भन्दै उनको पनि आलोचना भईरहेको छ ।
यता रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले तनहु १ बाट ३८ हजार ४० मतसहित निर्वाचित भए । वाग्ले यसअघि पनि यही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए । पछिल्लो समय तनहुँमा रास्वपाको स्थानीय गतिविधि र जनसम्पर्क निरन्तर देखिए पनि निर्वाचनपछि वाग्ले आफै कति पटक क्षेत्रमा पुगे भन्ने यकिन छैन । अधिकाश शिर्षनेताहरुले निर्वाचित भएपछि आफनो निर्वाचन क्षेत्रका समस्या र मतदाताका गुनासाहरुलाई नसनुको चर्चा भईरहदाँ गोरखा एक बाट निर्वाचित गृहमन्त्री सुदन गुरुङको क्षेत्रसँगको सम्बन्ध भने फरक देखिन्छ ।
गुरुङ २९ हजार ८९६ मतसहित निर्वाचित भएका थिए । उनी निर्वाचनपछि पनि गोरखाका स्थानीय समस्या र पूर्वाधारका विषयमा सक्रिय देखिएका छन् । दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि नेपाल टेलिकमसँग माग राख्नु यसको पछिल्लो उदाहरण हो ।
साउन १ गते गोरखा पुगेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँग समेत भेटघाट गरेका गुरुङले भ्रष्टाचारविरुद्ध कडा चेतावनी दिएका थिए । अधिकाश सासंदहरुले आफनो निर्वाचन क्षेत्रमा पुग्दै गर्दा शिर्ष नेताहरुहरु भने राजधानिमा सत्ता र शक्ति केन्द्रमा मात्र सीमित हुदाँ यतिबेला उनीहरुको जनस्तरमा आलोचना भईरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्