अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
काठमार्डौँ । कलाकार सीताराम कट्टेल (धुर्मुस) अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन् । सामाजिक सञ्जालमा भावकु स्ट्याटस लेखदै उनले आसा भने जीवित रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ ।’ तर प्रयास असफल भएको उनले लेखेका छन् ।
‘दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका–ढोका पुगेँ, न्यायको आशामा राज्यलाई गुहारेँ,’ उनले भनेका छन्, ‘तर न राज्यले आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ । समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो ।’
उनले १८ करोड ४३ लाख रुपैयाँको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन् । ‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ।’
उनले १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन भनेर कटाक्ष गरेका छन् ।
लेखेका छन्, ‘मन निकै भारी भएको छ, ओठ कापेका छन्, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आसा अझै बाँकी छ, कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ।’
उनले आफ्नो पीडा सुनिने, संघर्षको मूल्य बुझिने र देशभक्ति भावनाको कदर हुने आसा जीवितै राख्दै भनेका छन्, ‘त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन, त्यही दिनको पर्खाइमा हामी रहनेछौँ, चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ, मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्