अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने

काठमाडौं । अमेरिकामा भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच टेलिभिजन बहस भएको छ। डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका हुन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो ।
बहसमा पूर्वराष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गरे । अर्की उम्मेदवार ह्यारिसले ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताइन् । अमेरिकाको आर्थिक र हतियार सहयोगककै कारण युक्रेन स्वतन्त्र मुलुकका रुपमा खडा हुन सकेको उनको दाबी छ ।
बहसका दौराना आप्रवासन, रुस युक्रेन युद्ध, इजरायाल गाजा तनाव लगायतका विविध विषयमा बहस भएको थियो । बहसमा कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् ।
यस बहसका लागि केहि नियम बनाइएको थियो, जसलाई दुवै उम्मेदवारले पालना गर्नुपर्ने गरि सहमति गरिएको थियो । एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति, #आमनेसामने
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्