ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण
काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताएपनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर, अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई) ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘इरानले हाम्रो लोकतान्त्रिक संस्थानहरुमा मतभेद र अविश्वास सिर्जना गर्न अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय गरेको छ ।’ यसै महिनाको सुरुवातमा ट्रम्पका अभियन्ताहरुले चुनाव प्रचार अभियानको वेबसाइट ह्याक गरेर गोप्य दस्तावेज लिक गर्ने र फैलाउने काममा इरानका व्यक्तिहरुको संलग्नता भएको आरोप लगाएका थिए । तर, इरानले त्यसको खण्डन गरेको थियो ।
विश्वको दिग्गज आईटी कम्पनी माइक्रोसफ्टले हप्ता दिन अगाडि अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले इरानले अनलाइन गतिविधिहरुमाथि तीव्रता दिएको सुनसनीपूर्ण खुलासा गरेको थियो । माइक्रोसफ्टले भनेको थियो– इमेल फिसिङ्ग मार्फत् राष्ट्रपति चुनावको प्रचार अभियानलाई निशाना बनाइँदैछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्