आफ्नो पक्षमा युद्धरत भारतीय नागरिक फिर्ता गर्ने रुसी प्रतिबद्धता
काठमाडौं । रुसले आफ्नो पक्षबाट युद्धमा होमिएका भारतीयहरुलाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । बेलायती मिडिया बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयले यस्तो जानकारी सार्वजनिक गरेको हो । हालसालै मोदीको मस्को भ्रमण पछि यस्तो खबर आएको हो ।
नेपालका लागि राजदूतसमेत भइसकेका पिनयमोहन क्वात्राले भारतीय पत्रकारहरुसँग कुरा गर्दै मोदीले भारतीयलाई फिर्ता गर्ने मुद्दा बलियो गरी उठाएको बताएका हुन् ।
उनले भनेका छन्, ‘रुसले रुसी फौजको सेवामा भएका भारतीयहरुलाई चाँडै फिर्ता गर्ने बताएको छ ।’ रुसी फौजमा जोडिएका अधिकांश भारतीयहरु सहयोगीको भूमिकामा रुस पुगेको भारतीय मिडिया तथा पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतका चार जनाले रुसको पक्षमा लढ्दा मृत्युवरण गरेको औपचारिक पुष्टि भइसकेको छ । भारतीयहरु रुसी फौजमा भएको पहिलो खबर नेपाल प्रेसले गत वर्ष सार्वजनिक गरेको थियो । रुसी फौजमा काम गर्ने एक नेपालीले नेपाल प्रेससँग अन्तरवार्ता दिएर यसको पुष्टि गरेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्