होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम
काठमाडौं । नेपाल होस्टल एशोसिएसन केन्द्रीय कार्यसमितिको आयोजनामा सञ्चालन गरिएको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व कला, प्रेरणा तथा व्यक्तित्व विकास तालिमको दोस्रो चरण यात्री कुन्ज होटल सिनामंगलमा सम्पन्न भएको छ ।
होस्टल व्यवसायी, सञ्चालक तथा यस क्षेत्रमा आबद्ध व्यक्तिहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, प्रभावकारी सञ्चार तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले व्यावहारिक तथा सहभागितामूलक प्रशिक्षण प्राप्त गरेका थिए ।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेश लाल श्रेष्ठले नेपाल होस्टल एशोसिएसनले व्यवसायीहरूको क्षमता विकास तथा व्यावसायिक हितका लागि सञ्चालन गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल उद्योग वाणिज्य महासंघबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका नेपाल होस्टल एशोसिएसनका पूर्व केन्द्रीय सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघको सीप विकास तथा रोजगार समितिका सदस्य सुरेन्द्र श्रेष्ठले दक्ष जनशक्ति विकास, सीप अभिवृद्धि तथा रोजगारी सिर्जनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
तालिममा मुख्य प्रशिक्षक रबिन पोख्रेल तथा प्रशिक्षक गायत्रा बी.सी.ले गरेका थिए । नेपाल होस्टल एशोसिएसनका केन्द्रीय अध्यक्ष नरेन्द्र बहादुर बोहराले व्यवसायीहरूबाट प्राप्त उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक, ज्ञानमूलक तथा व्यावसायिक विकाससम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन प्रेरणा मिलेको बताए ।
उनका अनुसार तालिमको पहिलो चरण २०८३ श्रावण ०४ गतेदेखि ०८ गतेसम्म र दोस्रो चरण २०८३ श्रावण १८ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको हो । दुवै चरणमा होस्टल व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको सञ्चालन नेपाल होस्टल एशोसिएसनका केन्द्रीय महासचिव राजु भुजेलले गरेका थिए । समारोहमा नेपाल होस्टल एशोसिएसनका पूर्व केन्द्रीय सल्लाहकारहरू, काठमाडौं जिल्ला सचिव, ललितपुर जिल्ला अध्यक्ष, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपसमितिका प्रतिनिधिहरू एवं होस्टल व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाल होस्टल एशोसिएसनले आगामी दिनहरूमा पनि होस्टल व्यवसायीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा व्यावसायिक दक्षता विस्तार गर्ने उद्देश्यले यस्ता प्रशिक्षण तथा ज्ञानमूलक कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम
- २नेपाली कांग्रेस फुट उन्मुख, गगनविरुद्ध शशांकलाई अघि सारियो
- ३सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न सर्बोच्च अदालतसँग अनुरोध
- ४गणेश यादवका परिवार र सरकारबीच सात बुँदे सहमति
- ५सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी



तपाईको कमेन्ट लेख्नुहोस्