नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
रुकुमपश्चिम । जिल्लाको सानीभेरी गाउँपालिका–११ का २१ वर्षीय नरबहादुर बुढाथोकीको उपचारका लागि संकलन गरिएको ५ लाख ५१ हजार ५७० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
विगत तीन वर्षदेखि ब्लड क्यान्सरबाट पीडित बुढाथोकीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले उनको जीवन बचाउन बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । त्यसका लागि भारतमा उपचार गर्न करिब ३५ देखि ४० लाखसम्म खर्च लाग्ने बताइएको छ ।
परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारमा समस्या भएपछि सहयोगका लागि स्थानीय समाजसेवी तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओलीको संयुक्त पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो ।
अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूबाट सहयोग रकम संकलन गरिएको जनाइएको छ ।
अभियानबाट संकलन भएको ५ लाख ५१ हजार ५७० रुपैयाँ आज पाटन अस्पतालमै पुगेर नरबहादुरका बुवा लालवीर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो । समाजसेवी हरिचन्द्र शाहले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा सोहि वडाका लालबहादुर ओली तथा सहयोग रकम संकलन अभियानका अभियन्ता तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओलीको उपस्थिति रहेको थियो ।
अभियानमा स्वदेश तथा विदेशबाट आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकहरूप्रति अभियानका अभियन्ता जगदीश ओलीले धन्यवाद व्यक्त गरेका थिए । उनले सहयोग रकमले नरबहादुरको थप उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै, नरबहादुरका बुवा लालवीर बुढाथोकीले छोराको उपचारका लागि आर्थिक तथा अन्य सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाता, शुभेच्छुक र अभियानमा सक्रिय अभियन्ताहरूप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- २नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ३पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ४सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
- ५होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम



तपाईको कमेन्ट लेख्नुहोस्