Techie IT
  • २३ साउन २०८३, शनिबार
KhojPatrika

बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू नेृतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले  कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा टर्बिलेन्स (हलचल) हुने भए पनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने उनको भनाइ थियो ।

चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिंडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं । हामी छौं,’ सभापति लामिछानेले थप आश्वस्त पार्दै भने, ‘अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरू जस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ ।’

उनले सरकार आफ्नो वाचा अनुसार काम गरिरहेको दाबी गरे । रास्वपा नेतृत्वको सरकारले असल नियतका साथ उक्त जहाजलाई गन्तव्यमा पुर्‍याउले लामिछानेको भनाइ छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं