पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५ औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् ।
कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले गरेको कार्यक्रममा उनले असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा हुने बताए ।
उनले भने, ‘कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ ।’
पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अलमल्याउने काम भइरहेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए । उनले पार्टी एकता कायम हुन्छ भने आफू महामन्त्री पद छाड्न तयार रहेको बताए ।
उनले भने, ‘सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन । केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले वरिष्ठ मान्न नपर्ने केही कारण छैन । उहाँहरूको योगदान मेरोभन्दा धेरै छ । यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्