सुडानमा भोकमरीलाई हतियार बनाइँदै गरेको विज्ञ टिप्पणी

काठमाडौं । संयुक्त राष्ट्रसंघका विज्ञले सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरिरहेका बताएका छन् । उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।
‘एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकलाई भोकै मारिरहेका छन्’, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञले भने ।
उनीहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए । अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि उनीहरूले आग्रह गरेका छन् ।
सेनाप्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना (एसएएफ) र उनका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र् यापिड सपोर्ट फोर्स आरएसएफ बीच एक वर्षभन्दा बढीदेखि युद्ध जारी छ ।
सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ । चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिक भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्