Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल


काठमाडौं । बोलिभियाको राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

बख्तरबंद गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ गर्नका लागि तयारीका साथ पोजिसनमा बसेको समाचार छ। तर अहिले भने सेना पछि हट्न थालेको बताइएको छ ।

विद्रोही सैन्य अधिकारी जनरल जुआन जोसे जुनिगाले आफुले लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका छन् । तर उनी अहिले पक्राउ परेका छन् ।

राष्ट्रपति लुइस आर्सेले ‘कू’ प्रयासको निन्दा गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र परिचालन हुन आह्वान गरेका छन् । साथै उनले नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने घोषणा गरेका छन् ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं