टाटाको आधिकारिक बिक्रेता सिप्रदीको बद्मासी,नयाँ भनेर पुराना गाडी बेच्दै
काठमाडौं । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले बद्मासी गरेको तथ्य पत्ता लागेको छ । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गरेपछि बद्मासी भएको तथ्य फेला परेको हो ।
महानगरपालिकाले पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पाइएको जानकारी गराएको हो ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
उनले महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लू बुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिपरको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताएका थिए । महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि बताइएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #सिप्रदी, #सिप्रदीले बद्मासी
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्