गाजामा जारी युद्धको विरोधमा अमेरिकामा प्रदर्शन
काठमाडौं । अमेरिकामा रहेको कोलम्बिया युनिभर्सिटीमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रुपमा भईरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरु नागरिकले असुरक्षा महसुस गर्दै डरमा बाँच्न बाध्य भएका जनाएको छ ।
गाजामा जारी युद्धको विरोधमा अमेरिकाका धेरै विश्वविद्यालय र क्याम्पसहरूमा प्रदर्शन भइरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले इजरायलसँगको आर्थिक सम्बन्ध अन्त्य गर्न पनि माग गरिरहेका छन् ।
यसअघि प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा ३ सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्