पर्सा प्रहरीले गोली हानेर समात्यो एक भारतीयलाई
काठमाडौं । पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ ।
गएराति ११ बजे वीरगञ्ज महानगरपालिका–१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको हो ।
उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि संलग्न भएको प्रहरीको अनुमान छ। प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा सम्लग्न देखिएको भन्दै थप अनुसन्धान जारी रहेको बताए ।
उनलाई खुट्टामा गोली लागेको र उपचार पश्चात् अहिले प्रहरी नियन्त्रणमा छन्। उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल र दुईथान गोली समेत बरामद गरेको छ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्