कम्बोडियाली सेनाको हतियार भण्डारमा विस्फोट, २० सैनिकको मृत्यु
काठमाडौं । कम्बोडियाका प्रधानमन्त्रीले सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको बताएका छन् । प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा शनिबार दिउँसो भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार यस विस्फोटमा धेरै सैनिक घाइते भएका छन् । दक्षिणी कम्बोडियाको कम्पोङ स्पेउ प्रान्तमा रहेको सैन्य शिविरमा यो विस्फोट भएको हो । यो विस्फोट कसरी र कुन परिस्थितिमा भएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।
प्रधानमन्त्रीले मृतक सैनिकका परिवारलाई क्षतिपूर्ति दिने र सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने आदेश दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्