विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन
काठमाडौं । गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदैछ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुने समाचारसंस्था एएफपीले जनाएको छ ।
सम्मेलनमा अमेरिकाका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने आयोजक साउदी अरबले जनाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले गाजामा सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकबारे कन्द्रित वार्तामा थप प्रयासको लागि बैठक बस्न लागेको हो ।
साउदी अरबका अधिकारीले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पुर्याउन सक्ने आशंका व्यक्त गरेका छन् । गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणबाट शुरु भएको गाजा युद्धमा इजरायलतर्फ झन्डै एक हजार दुई सय जना र गाजामा ३४ हजार तीन सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्