डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता
काठमाडौं । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० ले जनाएको छ।
इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो। ‘जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुंगा दुर्घटना भएको छ’, आईओएमले जनाएको छ।
जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० भन्दा बढी यात्रु बोकेको अर्को डुंगाडुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ । घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो ।
जिबुटीस्थित दूतावासका अनुसार डुंगाले इथियोपियाली आप्रवासीलाई जिबुटीबाट युद्धग्रस्त यमनतर्फ लैजाँदै थियो । हरेक वर्ष हजारौँ अफ्रिकी आप्रवासीले द्वन्द्व वा प्राकृतिक विपत्तिबाट बच्न वा राम्रो आर्थिक अवसरको खोजीमा युद्धग्रस्त यमन हुँदै ‘रेड सी’ पार गरेर खतरनाक ‘पूर्वी मार्ग’ पार गर्दै साउदी अरब पुग्ने गर्छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्