Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

दिल्लीमाथि हैदरवादको शानदार जित


काठमाडौं । इंडियन प्रिमियर लिग (आइपिएल) सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो ।

​आइपिएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो। ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्याएको थियो । हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए ।

यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे। नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले ४ विकेट लिएका थिए । यस्तै मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको दिल्ली १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय ९९ रन मात्र जोड्यो ।

दिल्लीका लागि जेल फ्रेजर९मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन जोडेपनि टोलीलाई पार लगाउन सकेनन् । कप्तान ऋषभ पन्तले ४४ रन बनाए। अभिषेक पोरेलले ४२ रन जोडे ।​ हैदरावादको जितमा थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए ।

यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २–२ विकेट लिए । जित पछि हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली सातौं स्थानमा छ । आईपिएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन् ।


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं